• असार २ २०८२, सोमबार

शनिवार राति पनि इरान र इजरेल बीच क्षेप्यास्त्र हानाहान

असार १ २०८२, आईतवार

काठमाडौँ । इरान र इजरायलले शनिबार राति फेरि एकपटक एकअर्कामाथि धेरै क्षेप्यास्त्र प्रहार गरेका छन् । दुई देशबीचको द्वन्द्व विगत ४८ घण्टादेखि जारी छ ।

इजरायलले तेहरानमा रहेको रक्षामन्त्रालयलाई निशाना बनाएको दाबी गरेको छ । यसबाहेक, तेहरान र बुशेहरमा तेल डिपो र ग्यास रिफाइनरीहरू सहित १५० भन्दा बढी निशानाहरूमा प्रहार गरिएको छ ।

दुई दिनसम्म चलेको युद्धमा अहिलेसम्म १३८ इरानीहरू मारिएका छन्, जसमा ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी कमाण्डरहरू छन् । यसबाहेक, ३५० भन्दा बढी घाइते भएका छन् । इरानको राजधानी तेहरा सहित ७ राज्यहरूमा वायु रक्षा प्रणाली सक्रिय गरिएको छ ।

इरानले पनि इजरायलमा १५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर बदला लिएको छ । आक्रमणमा १३ भन्दा बढी इजरायलीहरू मारिएको बताइएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । इरानले ३ इजरायली एफ—३५ विमान खसालेको पनि दाबी गरेको छ ।