• असार १ २०८२, आईतवार

मगर समुदायले आज भूमे पर्व मनाउँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा 

असार १ २०८२, आईतवार

दाङ ।  मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन् । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन रहि आएको छ ।

भूमि बिना कुनै पनि जीवको अस्तित्वको कल्पना गर्न नसकिने र भूमि नै जीवनदाता भएको मान्यता राख्दै मगर समुदायले यो पर्व मनाउने गर्दछन् ।

भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो ।

विगत वर्षमा पनि प्रदेश सरकारले भूमे पर्वका अवसरमा बिदा दिँदै आएको थियो ।