• असार १ २०८२, आईतवार

सभामुखले प्रमुख दलका सचेतकलाई सिंहदरबार बोलाए

असार १ २०८२, आईतवार

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूलाई सिंहदरबार बोलाएका छन् ।  बिहान ९ बजे सिंहदरबारमा छलफल गर्न बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभामा प्रतिपक्ष दलहरूले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहेका छन् ।