• असार १ २०८२, आईतवार

रातभर इरान र इजरायल आक्रमण जारी,अमेरिका र इरानको आणविक वार्ता स्थगित

असार १ २०८२, आईतवार

काठमाडौं  ।  इरान र इजरायलमा दुवै पक्षबाट रातभर आक्रमण जारी छ।

इरानका राष्ट्रपति मसुद पजेस्कियानले इजरायली हमला नरोकिए अझ भीषण आक्रमण गर्ने चेतावनी दिएका छन्। दुवै पक्षबाट हमला जारी रहेको समयमा आइतबार हुने भनिएको अमेरिका र इरानको आणविक वार्ता पनि स्थगित भएको छ। र इजरायलबीचको तनावले जटिल मोड लिएको छ। शुक्रबार सबेरै बिहान इजरायलले इरानमा मिसाइल आक्रमण गरेयता मध्यपूर्वमा तनाव चुलिएको छ ।

इरान र इजरायल दुवै देशमा ठूलो जनधनको क्षति भएको छ। दुवैतर्फ २० जना बालबालिकासहित कम्तीमा ८० जना मारिएका छन् । इजरायलमा ४ जना मारिएको पुष्टि भएको छ। अन्य सयौंजना घाइते भएका छन्।

इरानले इजरायलमाथि गरेको मिसाइल हमलामा तेल अभिवस्थित इजरायली रक्षा मन्त्रालयमा पनि क्षति पुगेको छ । इरानको मिसाइल ‘किर्या कम्पाउण्ड’मा खसेको पुष्टि अमेरिकी सञ्चार संस्था फक्स न्युज र न्यूयोर्क टाइम्सले गरेका छन्।

उक्त क्षेत्रमा रहेको मार्गानित टावरनजिकै विस्फोट भएका फुटेजहरू सामाजिक सञ्जालमा फैलिएका छन्।

दुई देशको तनावले क्षेत्रीय युद्धको खतरा बढाएको छ । हिजबुल्लाह, हमास, सिरिया र अमेरिकाजस्ता शक्ति केन्द्रहरू यस युद्धमा तानिन सक्ने सम्भावना बढेको छ।