पर्सा । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीशमाथि इजलास कक्षमा दुर्व्यवहार भएपछि पर्सा प्रहरीले गरेको छ ।
१४ वटै न्यायाधीशको व्यक्तिगत सुरक्षामा खटिएका ‘पिएसओ’ र अन्य सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीसमेत परिवर्तन गरेर सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।
यहाँका न्यायाधीसद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलास कक्षमा नेकपा (बहुमत)का तीन जना कार्यकर्ताले विहीबार दिउँसो करिब ४ बजेको समयमा इजलास कक्षमै दुर्व्यवहार गरेका थिए ।
सो पार्टीको कार्यकर्ता भनिने सिरहा गोलबजारका गर्भु महतो, सर्लाही बरहथवाका पदमबहादुर मगर र प्युठानका किशोर कुमारलाई प्रहरीले अदालत परिसरभित्रबाट पक्राउ गरेको थियो ।