जेरूसेलम । इरानले इजरायली आक्रमणको जवाफ दिन थालेको छ। शुक्रबार सयभन्दा धेरै ड्रोन आक्रमण गरेको इरानले त्यसपछि मध्यरातमा ब्यालेस्टिक मिसाइल हानेको हो।
इरानले पहिलो चरणको जवाफी कारबाहीमा ब्यालेस्टिक मिसाइलले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको समाचार टाइम्स अफ इजरायलले लेखेको छ।
समाचार अनुसार ती महिला सुरूमा गम्भीर घाइते भएकी थिइन्, पछि अस्पतालमा उनको मृत्यु भयो।
इरानबाट हानिएको मिसाइल आक्रमणमा अन्य ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।तिनमा केही व्यक्तिहरू गम्भीर रूपमा घाइते भएका छन्।