भनिन्छ ‘मृत्युु, जीवनको बल र शक्ति जिब्रोमा हुन्छ हामीलाई कमै मात्रमा थाहा छ कि दुई इन्चको जिब्रोले छ फिटको मानिसलाई कसरी ढाल्न सक्छ ? सुन्दा पनि जिज्ञासा लाग्न सक्छ मान्छेको शरीर हेर्यो भने छ फिट हुनसक्छ अनि मानव शरीरको जिब्रो नाप्नुहोस् लगभग २ इन्च । एकजना लेखकको भनाइ छ ‘जीवन मृत्युको सामर्थ जिब्रोमा छ यसकारण जिब्रोले असल बोल्ने ज्ञान हामीले हासिल गर्नुपर्छ । मानिस एक असल खराब छुटाउन सक्ने महान ब्यक्ति हो ।
ऊ समाजमा मेलमिलाप गरेर बस्न चाहन्छ तर पनि आफ्नो जिब्रोलाई नियन्त्रण र बहसमा राख्न सक्दैन । यसकारण आफ्नो जीवन ज्यान नै जोखिममा पुग्न बाध्य हुन्छ । किन भन्ने मुख अनि जिब्रोबाट मान्छेले अपवाद असभ्य कुराहरू निकल्दछ अनि मानिसमा बेमेल सिर्जना हुन्छ । हाम्रो देशमा राजनीति स्थिर नहुनु, झैझगडा हुनु कति दुःखको कुरा हो । त्यस्तै आज मान्छेले बुझेर पनि नबुझेको जस्तो गरिरहेका छन् । अनि मान्छेको आखामा कालो पर्दाले ढाकिरहेको छ आँखाहरु बन्द भएका छन्, के गर्नु तपाईं अनि हाम्रो प्राण नै तपाईं हाम्रो सम्पूर्ण ब्यक्तित्व हो ।
र वास्तविकता मै प्राण नै तपाईं हो । जिब्रो यस्तो महत्वपूर्ण क्षेत्र हो । जहाँ आफै कमजोरी देखापर्छ अनि बेमेलले प्रवेश पाउँछ । यदि हामी आफ्नो प्राणको रक्षा गर्न चाहन्छौं भने म अनि तपाईंले आफ्नो ओठ र जिब्रोको रक्षा गर्नु पर्दछ । तर तपाईं जथाभावी बोल्नुहुन्छ भने तपाईं अनि ममा सर्वनास आउनेछ अनि यहाँ विकल्प एकदमै प्रष्ट छ । यदि तपाईं जिब्रोलाई नियन्त्रण गर्नु हुन्छ भने तपाईं अनि म लामो समयसम्म सुरक्षित हुनेछौं तर तपाईं अनि मेरो जिब्रो अनियन्त्रित भएमा तपाईं अनि म आफ्नो बोलीको बचनको मालिक हुनसक्ने छैनौं । त्यसपछि चाहीँ बिनास हुनेछ ।
यदि हामीले आफ्नो मुख र जिब्रोलाई सम्हाल्न सक्यौं भने तपाईं अनि म सुरक्षाको भागेदारी हुनेछौं तर तपाईं अनि म यति गर्न असफल भएमा विकल्प पनि दुर्भाग्यपूर्ण सावित हुन पुग्छ । दुर्भाग्यपूर्ण निकै सामर्थ शब्द हो । यदि हामीहरुको छली जिब्रोलाई नियन्त्रणमा र बहसमा राख्न सकिएन भने हाम्रो ओठ र जिब्रोलाई सम्हाल्न नसक्नुले अन्त्यमा दुर्भाग्य वा बिनासको बाटो ल्याउँछ ।
डेरिक फिन्सको भनाइ छ ‘निको पार्ने जिब्रो जीवनको रुख हो तर छली जिब्रो घात गर्ने वृक्ष हो । तर छली जिब्रोले आत्मलाई अघात चोट पुर्याउँछ । यो भनाइले के प्रष्ट पार्छ भने हामीहरु बिनास गर्न सक्छौं ।’
मानिसको जिब्रो पापले भरिएको हुन्छ । जिब्रो नै यस्तो ठाउँ हो जहाँ हरेक जीवनमा पापले प्रवेश पाउँछ । यहाँ केही यस्ता क्षेत्रहरु छन् जहाँ कुनै छली जिब्रोले कोही कसैलाई अघात पुर्याउँदैन तर छली जिब्रो चाहिँ यस्तो चिज हो जसद्धारा पापरहित जिब्रोले हामीहरुलाई चोट पुर्याउँछ ।
यसकारण हामीहरुको जिब्रोलाई नियन्त्रणमा राख्न आवस्यक पर्छ । नियन्त्रणमा राख्नु पर्ने जिब्रो जीवनको वृक्ष हो यहाँ जिब्रोको सहि प्रयोग र जीवन बिच नङ्ग र मासुको मित्रता छ यस्को विकल्प छली जिब्रोले हामीहरुको आत्मालाई आघात पुर्याउँछ छली जिब्रोको अर्थ नराम्रो बोली अरुलाई चोट पुर्याउनु भनेको हो । यदि हाम्रो जिब्रोको दुरुपयोग चाहीँ हामीहरुको आत्ममा भ्वाङ पर्नु वा छुरी प्रहार गर्नु हो यसकारण जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ ।
यसैले हाम्रो जिब्रोलाई प्रेम गर्नेहरुले असल प्रकारको फल खान आवस्यक छ कुरा स्पस्ट छ यो जीवन हो या त मृत्यु यी दुबै चिज जिब्रोको सामर्थमा छ । यदि हामी जिब्रोलाई सहि तरिकाले चलाउँछौं भने जीवनको असल खम्बा हुनेछ तर हामीले जिब्रोलाई ठिकसँग नचलाएमा यस्को परिणाम मृत्यु हुनेछ ।
अब हामी जुन तरिकाले जिब्रोलाई चलाउँछौं यसै अनुसारको फल हामीले प्राप्त गर्न सक्छौं । हाम्रो जिब्रो नम्र भलो तथा स्वस्थ छ भने हाम्रो जीवन बच्न सक्छ र हामीले खाने फल पनि असल प्रकारको हुन्छ तर हाम्रो जिब्रो छुरा झैं चलाएमा खराव कुराले बास पाउनेछ र झैझगडा, बेमेल सिर्जना हुनेछ । जस्को कारणले मानिसमा तछाड मछाड गरेमा खुकुरी हानाहान हुन्छ । मान्छेको ज्यान जान सक्छ । कारण आफ्नो जिब्रोलाई नियन्त्रणमा नराख्नु । दुई इन्चको जिब्रोले छ फिट्को मान्छेलाई ढाल्न सक्छ ।
यसकारण जिब्रो मानव शरीरको यौटा निर्णायक सदस्य अङ्ग हो । जीवन मृत्यु जिब्रोको शक्तिमा छ । यसकारण हामी सबै जनाले आफ्नो जिब्रोलाई लगाम लगाउने कोसिस गरौं, अपशब्द नबोलौं ।