• जेष्ठ ३२ २०८२, शनिबार

हत्या आरोपी आलमलाई सफाइ दिने न्यायाधीश थारु र महर्जनलाई हामीले कारवाही गरेका हौं : नेकपा (बहुमत)

जेष्ठ ३१ २०८२, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले अफताव आलमलाई सफाई दिने न्यायाधीशहरुलाई जनसहभागितामै कालोमोसो दलेर सांकेतिक कारावाही गरिएको र गिरफ्तार परेका आफ्ना नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।
पार्टी महासचिव कञ्चनले एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य अविनाश, पदम र सिराहा जिल्ला सचिवालय सदस्य गर्भू महतोको नेतृत्वमा जनताको सहभागितामै कालोमोस दलिएको भन्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
इटहरीमा मानिसलाई जिउँदै जलाएर हत्या गरेको आरोपमा जेलमा रहेका कांग्रेस नेता अफताव आलमलाई सफाई दिने न्यायाधिशहरु खुसीराम थारू र अर्जुन महर्जनलाई कालोमोसो दलेर जनाकाराही गरेको हो ।

‘यही क्रममा देशमा भएका भ्रष्टाचार, लघुवित्त, मिटरव्याज, वित्तीय शोषण, शिक्षा र स्वास्थ्यमा व्यापारीकरण र लुटपाटका बिरुद्ध जनपरिचालन गर्दै आएको छ । देशमा किसान मजदुर, विद्यार्थी, शिक्षक, कलाकार, बुद्धिजिवी लगायत सम्पूर्ण श्रमजीवी जनतामाथि हुने शोषण उत्पीडन, राष्ट्रियता, जनतन्त्र, जनजिवीका सम्बद्ध यावत समस्याहरुका बिरुद्ध संघर्ष गर्न समस्त जनतामा अपिल गर्दै आएको छ । यहीक्रममा जिउँदै मानिसलाई इटाभट्टामा जलाएर हत्या गर्ने पूर्वमन्त्री अफ्ताव आलमलाई सफाई दिने न्यायधीश खुसीराम थारु र अर्जुन महर्जनलाई हाम्रो पार्टीका केन्द्रीय सदस्यहरु क. अविनाश, क. पदम र सिराहा जिल्ला सचिवालय सदस्य क. गर्भू महतोको नेतृत्वमा जनसमुदायको सहभागितासहित कालोमोसो दलिएको छ ।’ महासचिव कञ्नद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

पीडितलाई अन्याय गर्ने मात्रै नभएर नेपालको न्याय प्रणालीलाई मै अन्तराष्ट्रियस्तरमै कालो धब्बाको रुपमा बदनाम गर्ने, नेपालका सबै इमान्दार न्यायाधीशहरुको बेइज्जत गर्ने थारू र महर्जनमाथिको सांकेतिक कारवाही भएको महासचिव कञ्चनले बताएका छन् ।

‘पीडितलाई अन्याय गर्ने मात्र नभएर नेपालको न्याय प्रणालीलाई नै अन्तर्राष्ट्रिय जगतमा कालो धब्बाको रुपमा बदनाम गर्ने, नेपालका इमान्दार सबै न्यायधीशहरुको इज्जतमा कालो धब्बा लगाउने न्यायधीश माथि यो सांकेतिक कारबाही हो । हाम्रो पार्टी सम्पूर्ण जनसमुदायमा पुन स्पष्ट गर्न चाहन्छ कि नेपालको दालाल पुँजीवादी संसदीय व्यवस्था रहँदासम्म समाजमा यसप्रकारका विक्रितिहरु रही रहने छन् ।’ विज्ञप्तिमा भनिएको छ ।