जेठ ३०, काठमडौं । सरकारले सुनमा लगाइएको विलासिता करको विरोधमा जनकपुरधामका सुनचाँदी व्यवसायीहरूले आज आफ्ना पसलहरू बन्द गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी संघ धनुषा र जनकपुरधाम सुनचाँदी व्यवसायी संघको संयुक्त नेतृत्वमा सुनचाँदी व्यवसायीहरूले विरोध प्रदर्शन गर्दै आफ्ना पसलका साँचो जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाएका छन् ।
व्यवसायीहरूले विलासिता कर तत्काल फिर्ता लिनुपर्ने, हिरा र जवाहरातमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) पुनर्विचार गर्नुपर्ने, साथै भन्सार शुल्क ६ प्रतिशत कायम गर्नुपर्ने माग राखेका छन् ।