• जेष्ठ ३२ २०८२, शनिबार

प्रतितोला ४२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

जेष्ठ ३१ २०८२, शुक्रबार

जेठ ३०, काठमडौं । सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत मंगलबार सुन प्रतितोला १ लाख ९० हजार र चाँदी २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।