• जेष्ठ ३१ २०८२, शुक्रबार

एयर इन्डिया विमान दुर्घटना: एक यात्रु जीवितै भेटिए

जेष्ठ ३० २०८२, बिहीबार

काठमाडौं । एयर इन्डिया विमान दुर्घटनामा एक यात्रु जीवितै भेटिएको बताइएको छ ।  पश्चिमी शहर अहमदाबादमा बिहीबार लन्डनका लागि उडेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको  हो ।

एयर इन्डियाको विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् ।

दुर्घटनास्थलमा एक जना जीवित फेला परेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार विमानको ११-ए सीटमा बसेका यात्रु जीवितै भेटिएका हुन् ।

त्यसअघि प्रहरीले विमानमा सवार सबै २४२ जनाको मृत्यु भएको हुनसक्ने बताएको थियो ।

घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘‘हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ । हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो तल्लाबाट हामफालेको देखेका छौँ । विमानमा आगो लागेको स्पष्ट देखिन्थ्यो ।’