• जेष्ठ ३१ २०८२, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा एयर इन्डियाको विमान दुर्घटनाप्रति दुःख व्यक्त

जेष्ठ ३० २०८२, बिहीबार

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

बिहीबार दिउँसो अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाको खबरले स्तब्ध भएको बताउँदै उनले दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।

एक्समार्फत् उनले दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो। उनले भनेका छन्, ‘अहमदाबादबाट लन्डनका लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा परेको खबरले मलाई स्तब्ध बनाएको छ। दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’’