• जेष्ठ ३१ २०८२, शुक्रबार

एयर इन्डियाको विमान भारतमा दुर्घटना, तीनवटा विस्फोटको आवाज आएको थियो !

जेष्ठ ३० २०८२, बिहीबार

जेठ २९, काठमाडौं । भारतबाट ब्रिटेनका लागि उड्न लाग्दा एउटा जहाज दुर्घटनामा परेको छ । एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थाल नजिक दुर्घटना भएको छ ।

प्रारम्भिक जानकारीका अनुसार घटनालगत्तै अहमदावाद अग्नि तथा आपत्कालिन् सेवा कार्यालयले पाँचवटा दमकलहरु परिचालन गरिएको गुजरात समाचार अनलाइनले जनाएको छ । दुर्घटना भएको विमानमा २९० जना यात्रीहरु रहेको बताएको छ । दुर्घटनाको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन ।

३०० यात्रु बोक्ने क्षमता भएको बिमानमा २९० जना यात्रीहरु रहेको बताएको छ । यसअघि भने २४२ यात्रु रहेको समाचारमा जनाइएको थियो । ती मध्ये धेरैजना घाइते भएको हुन सक्ने बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार विमानमा तीनवटा विस्फोटनको अवाज आएको थियो । दुर्घटनाको कारण तथा भएको क्षतिको बारेमा पुष्टि हुन बाँकि रहेको समाचारमा बताइएको छ ।

उक्त विमान अहमदावादबाट लण्डनका लागि उड्दै गरेको थियो । बीबीसीका अनुसार दुर्घटनास्थलमा अहिले फायर ब्रिगेडका गाडीहरु पुगिरहेका छन् । अहमदाबाद विमानस्थल टर्मिनल एकका एक म्यानेजरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ– विमानस्थल वरिपरि पुरै धुँवा देखिएको छ ।

सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका तस्बिरमा पनि दुर्घटना भएको स्थल वरिपरि धुवाँ भरिएको देख्न सकिने समाचारमा उल्लेख गरिएको छ ।