२९ जेठ, काठमाडौँ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. एक हजार ६०० ले वृद्धि भएको छभने चाँदीमा रु. १५ ले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी रु. दुई हजार १५० मा कारोबार भइरहेको छ ।
गत मङ्गलबार एक तोला सुन रु. एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु. दुई हजार १६५ मा कारोबार भएको थियो । अन्तरर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।