• जेष्ठ ३१ २०८२, शुक्रबार

अत्यधिक गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

जेष्ठ २९ २०८२, बुधबार

जेठ २८, काठमाडौं । अत्याधिक गर्मी बढेपछि चितवनको भरतपुर महानगरपालिकाले विद्यालयमा सार्वजनिक बिदा दिएको छ ।

बुधबारदेखि शुक्रबारसम्म महानगरले सार्वजनिक बिदा दिएको हो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार २८ देखि ३० जेठसम्म विद्यालयमा सार्वजिक बिदा दिने निर्णय भएको छ ।

बिदाको अवधिमा बालबालिकालाई दिउँसोको समयमा घर बाहिर हिँडडुल नगर्न, नदी पोखरीमा पौडी खेल्न नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन उनले अभिभावकलाई अनुरोध गरे ।

चितवनमा पछिल्ला दिनमा तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । पछिल्ला दुई दिन अधिक गर्मी महसुस भएको छ ।