• जेष्ठ ३१ २०८२, शुक्रबार

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

जेष्ठ २९ २०८२, बुधबार

जेठ २८, काठमाडौं । सुनचाँदीको मूल्य फेरि बढेको छ । बुधबार सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।