• जेष्ठ ३१ २०८२, शुक्रबार

हिलटन होटेलमा देउवाको लगानी छ भनेका कारण पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

जेष्ठ २९ २०८२, बुधबार

काठमाडौं । प्रहरीले पत्रकार दिलभुषण पाठकलाई थुनामा राखेर अनुसन्धान गर्न पक्राउ अनुमति लिएको छ । जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै पक्राउ अनुमति मागेको थियो । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले उनीविरुद्ध पक्राउ अनुमति मागेको थियो ।

सोही अनुमतिका आधारमा जिल्ला अदालत काठमाडौंले मंगलबार पक्राउ पुर्जी जारी गरेको प्रहरी उच्च अधिकारीले जानकारी दिए ।

उनीविरुद्ध आफ्नै युट्युब च्यानलमार्फत् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको होटल हिलटनमा लगानी रहेको अपुष्ट समाचार प्रसारित गरेको आरोप छ ।