गर्मी मौसममा छालामा आउने समस्यालाई हामीले एलर्जीका रुपमा बुझ्छौं। एक अध्ययनअनुसार जीवनमा एक पटक जो कोही व्यक्तिलाई पनि एलर्जी हुने हुन्छ। वयस्कमा भन्दा बालबालिकामा बढी एलर्जी हुने देखाएको छ।
मानिसको छाला अनुसार एलर्जी पनि फरक फरक हुने गर्छ। खाना, धुलो, फूलको कण, वनस्पतिको पात र किराको टोकाईलगायतबाट एलर्जी हुन्छ। एलर्जी शरीरको जुनसुकै भागमा हुने भए पनि खुला भागमा बढी एलर्जी देखिने गर्छ।
गर्मीयामा पसिना धेरै आउने हुँदा सरसफाइमा ध्यान दिइएन भने फंगल इन्फेक्सन हुने गर्छ। फंगल इन्फेक्सन संक्रमित व्यक्तिको कपडा, जुत्ता अर्को व्यक्तिले प्रयोग गर्यो भने संक्रमण हुने गर्छ।
घरबाट बाहिर निस्कदाँ धुवाँ–धुलोबाट जोगिन सम्पूर्ण शरीर ढाकेर हिँड्नुपर्छ । जसले गर्दा शरीरमा किटाणुले सिंधै प्रवेश गर्न पाउँदैन ।
घरबाहिर गएर आएपछि नुहाउनुपर्छ । साबुनपानीले राम्रोसँग हातखुट्टा धुन बिर्सनु भएन । हातखुट्टा साबुनपानीले धुँदा ८० प्रतिशत किटाणु मर्छन ।
यो सुक्खा मौसम भएकाले प्रशस्त पानी पिउनुपर्छ । हावाहुरीले शरीर सुक्खा हुने हुँदा शरीरमा पानीको मात्रा पनि कम हुन्छ । पानीको मात्रा शरीरमा कम हुँदा पनि एलर्जी हुन सक्छ । सोही कारण सुक्खा मौसममा प्रशस्त पानी पिउनुपर्छ ।
यो मौसममा सरुवारोगका किटाणुहरु बढी नै सक्रिय हुन्छन् । सोही कारण सरुवारोगका बिरामी भएको ठाउँ, अत्यन्तै धुलो उड्ने ठाउँमा विशेष काम परे मात्र जानुपर्छ ।
यदी घामबाट छालालाई असर परेको छ भने भिजाएको एक कपडा या बर्फबाट छालालाई सेक्न सकिन्छ, आलुलाई मिक्सरमा पिसेर यसको रसलाई घामले पालेको ठाउँमा लगाउनाले पनि आराम मिल्नेछ। गर्मिमा पसिनाको दुर्गन्धबाट बच्नका लागि सकेसम्म धेरै मात्रामा पानी पिउने गर्नुपर्दछ ।
घामबाट छाला टैन हुने गर्छ त्यसैले कागतीको रस, गुलाबजलको रस मिलाएर छालामा लगाउदा पनि हुन्छ। माथिका यी उपायहरु अपनाउनु होस् यो गर्मी मौसबाट उत्पन्न हुने समस्याबाट छुट्कारा पमउँनुहोस्।
गर्मीका कारण छालामा एलर्जी र रैशेज जस्ता समस्याहरु आउन सक्छ त्यसैले ध्युकुमारीको जेल पनि लगाउन सकिन्छ, या नुहाउने पानीमा थोरै बेकिंग सोडा मिलाएर नुहाएमा पनि गर्मिका कारण हुने एलर्जीबाट छुट्कारा पाउन सकिन्छ।