• जेष्ठ ३० २०८२, बिहीबार

अत्यधिक गर्मीका कारण इटहरी र इनरूवा नगरपालिकामा पठनपाठन बन्द

जेष्ठ २८ २०८२, मंगलवार

इटहरी । गर्मी अत्यधिक बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिका र इनरूवा नगरपालिकामा विद्यालयको पठनपाठन बन्द गरिएको छ ।

इटहरी उपमहानगरपालिकाले उपमहानगर क्षेत्र भित्रका सबै विद्यालयमा पठनपाठन बन्द गरेको छ । यस्तै, इनरूवाले पनि आफ्नो मातहतका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

इटहरीले भोलिसम्म बिदा दिएको छ भने इनरूवाले तीन दिन बिदा दिएको छ । ती सबै विद्यालय बुधबारदेखि शुक्रबारसम्म बन्द रहने इनरूवा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज निरौलाले जानकारी दिए ।
‘अत्यधिक गर्मी बढेपछि पढाउन सकिने अवस्था छैन, त्यसैले शुक्रबारसम्म बिदा गरेका छौं,’ उनले भने ।

शुक्रबारसम्म सम्पूर्ण विद्यालय बन्द रहनेछन् । गर्मी बढ्दै गए थप समयका लागि पठनपाठन बन्द गरिने उनले बताए ।