जेठ २७, काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज २५.०७ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.९४ प्रतिशत बढेर २६७८.१७ विन्दुमा बन्द भएको छ ।
आज कारोबार रकम पनि बढेको छ । यसदिन १० अर्ब १६ करोड नौ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार आठ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । आज फाइनान्स समूहको परिसूचक सर्वाधिक बढेको छ । यो समूहको परिसूचक ५.१२ प्रतिशतले बढेको छ । आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ कम्पनीको सेयर मूल्य घटेको छ ।
पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज सावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ६.१४ प्रतिशतले घटेको छ ।