• जेष्ठ २९ २०८२, बुधबार

मेरो देश बिरामी परेको छ

जेष्ठ २८ २०८२, मंगलवार

प्रसव पीडामा परेकी नारी झैं
मेरो देश चिच्याई चिच्याई रोइरहेछ
यो देशलाई निकास दिनको लागि २–४ जना सपुत खोजिरहेछ,
किनकि अहिले मेरो देश बिरामी परिरहेछ ।
गाउँघरमा हेर्यो भने जताततै बुढाबुढी मात्रै भेटिन्छन्
पढेका युवा युवतीहरू त विदेशका गल्ली गल्लीमा ठोकिन्छन्
कठै मेरो देश बिरामी भइरहेछ
किनकि आज मेरो देश युवा शक्ति पलायन भएर रित्तिएको छ
हाम्रो देशको दक्ष युवा युवतीले विदेश भरिएको छ ।
डाक्टर, पाइलट, इन्जिनियरहरूलाई घर चलाउन धौधौ भएको छ,
तर ८ कक्षा फेल भएर पनि सदनसम्म पुगेकालाई अरबौं अरब रातारात कहाँबाट आएको छ ?
जताजतै भ्रष्टाचार र अन्यायले ढाकेको छ
न्याय पनि त यहाँ मोलतोल गरि किनबेच हुन थालेको छ,
किनकि मेरो देश बिरामी परेको छ ।
सुन्दर र शान्त देश हाम्रो अनिर्णयको बन्दी बनिरहेको छ
तर पनि के भयो त ? भ्रष्टाचारी र दलालहरूको कमाइ खाने भाँडो भइरहेको छ
मेरो देश अहिले डुब्नै लागेको छ
यो देशको हाल देखेर डाँफे र मुनाल पनि रून्छन् होला
अबको छ बर्ष पछि त मेरो देश बृद्धआश्रममा परिणत हुन्छ होला
किनकि मेरो देश बिरामी परेको छ ।
शीखा देवकोटा, हाल जापान ।