काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र अर्थमन्त्री विष्णु पौडेल विरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जेठ १५ गतेको बजेटमार्फत अर्थमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन दर्ता गरेका हुन्।
उनले केही दिन अघि नै निवेदन दिएको भए पनि आइतबार मात्रै दर्ता भएको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । उक्त निवेदनको सुनुवाइ मंगलबारका लागि तोकिएको छ।