• जेष्ठ २६ २०८२, आईतवार

मैले ल्याएको विधेयक असफल बनाउन मस्कले लगानी गरे ठूलो मूल्य चुकाउनुपर्छ : ट्रम्प

जेष्ठ २६ २०८२, आईतवार

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको विधेयक असफल बनाउन डेमोक्र्याट सांसदहरूमा   एलन मस्कले लगानी गरे ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

उनले सीबीसी न्युजका पत्रकारसँग फोनमा गरेको कुराकानीमा मस्कसँगको सम्बन्ध सकिएको पनि बताएका छन् ।

ट्रम्पले आफ्ना एआईडीई र सल्लाहकारसँग पछिल्लो ४८ घण्टामा मस्कको सबै गतिविधि हेर्दा उनले लागूऔषध सेवन गरेको हुन सक्ने आशय व्यक्त गरेका छन् ।

यता, मस्कले भने सामाजिक सञ्जालमा आफूले ट्रम्पको विरुद्धमा उल्लेख गरेका धेरै कुराहरू हटाएका छन् ।

उनले ट्रम्पको पद नै खतरामा परेको आशयको कुरा सञ्जालमा राखेका थिए ।

मस्कले सामाजिक सञ्जालमा आफूले सहयोग नगरेको भए ट्रम्प पराजित हुने कुरा पनि उल्लेख गरेका थिए । तर सो कुरा भने हटाएका छैनन् ।

यसै गरी उनले ट्रम्पले ल्याएको आयात करका कारण अमेरिकाले वर्षको उत्तरार्द्धमा धेरै आर्थिक मन्दीको सामना गर्नु पर्ने चेतावनी पनि दिएका छन्  ।

ट्रम्पसँगको तनावपछि मस्कलाई थप समस्या उत्पन्न भएको छ । उनले डोग छाडे पनि उनको विरुद्धमा प्रदर्शन जारी छ ।

मस्कले नेतृत्व गरेको डोगका कारण धेरै क्षेत्रमा अमेरिकी प्रशासनले दिँदै आएको सहयोग र अनुदान रोकिएको छ ।