• जेष्ठ २५ २०८२, शनिबार

आज एकैदिन हिन्दुको हरिबोधनी एकादशी र मुस्लिमको इद

जेष्ठ २५ २०८२, शनिबार

काठमाडौँ । आज दुई धार्मिक आस्था राख्नेहरुको महान चाड परेको छ । हिन्दु धर्मावलम्बीहरुको ठुलो एकादशी र मुस्लिम समुदायहरुको इद एकैदिन मनाइदैछ ।

मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर ईद (इदुल जोहा) आज (शनिबार) देशभरका मस्जिदमा मनाइँदै छ । भने हिन्दु धर्मावलम्बीहरुले आज घरघरमा तुलसी रोपेर एकादशी व्रत बसेर मनाइदैछ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् ।