• जेष्ठ २५ २०८२, शनिबार

नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ

जेष्ठ २४ २०८२, शुक्रबार

२३ जेठ, काठमाडौँ । प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगाबाट ४५ लाख ६३ हजार मूल्य बराबरको सुन बरामद गरेको छ । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बा.प्र.–०३–००१ ख ३१३९ नम्बरको बस चेकजाँच गदा सुन भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

टुक्रा सुन लिएर आएका ३१ वर्षीय महादेव सामन्तलाई प्रहरीले पक्राउ गरेको छ । उनी भारत वेस्ट बङ्गालका स्थानीय हुन् । थप अनुसन्धान र कारबाहीका लागि उनलाई विमानस्थल भन्सार कार्यालयमा पठाइएको एसपी बोहराले जानकारी दिए ।