सर्पको टोकाइबाट गर्मी महिनामा मानीसहरूको मृत्यु हुने गरेको पाइन्छ ।
गर्मीयाममा हिमाल, पहाड भन्दा पनि तराई क्षेत्रका धरै मानिसहरूले सर्पको टोकाइबाट ज्यान गुमाएका छन् । नेपालमा पाइने सर्प मध्ये २० प्रजातिका सर्पहरू मात्र विषालु हुन्छन् । अझ त्यसमा पनि कोब्रा, करेत र दुई प्रजातिका भाइपर गरी केवल चार प्रजातिका सर्प मात्र मानिसका लागि खतरनाक मानिन्छन् । धेरै मानीसहरूको सर्प देख्नासाथ डराउने बानी हुन्छ । तर, सर्प देख्नासाथ त्रसित हुनुपर्ने आवश्यक छैन ।
हाम्रो लापरवाहीकै कारणले सर्पले टोक्ने गरेको पाइन्छ । यदि हामीले सावधानी अपनायौं भने हामी सर्पको टोकाइबाट बच्न सक्छौँ । विषालु सर्पले टोकेपछि उपचार पनि सम्भव हुँदैन । त्यसकारण हामीले सर्पको डसाइ पछि उपचार गर्नुभन्दा पनि सर्पको डसाइबाट नै बच्नु उत्तम हुन्छ ।
सर्पको डसाइबाट बच्ने उपाय:
१. सर्प प्राय राती निस्कने गर्छ । त्यसकारण प्रकाश दिने वस्तु टर्च, लाल्टीन आदि बोकेर, खुट्टामा जुत्ता लगाएर मात्र बाहिर हिडडुल गर्नुपर्छ ।
२. सर्प बस्ने ठाउँहरू जस्तै परालको थुप्रो, दाउराको चाङ ढुंगा वा ईटाको थुप्रो कुनाकाप्चा वा प्वालमा चलाउनुपरेमा पहिला लामो लठ्ठीले चलाएरमात्र हातले चलाउनु पर्छ ।
३ घर वरपर झार, जंगल, फोहोर भए हटाउने वा जमिनमा रहेका दुलाहरू पुर्नुपर्छ ।
४ सर्पलाई देख्नासाथ जिस्क्याउनु वा चलाउँनु हुँदैन ।
५ घरमा अथवा अन्य ठाउमा सर्पलाई हामीले मारी हाल्यौँ भने अलि लामो लठ्ठीले चलाएर मरे–नमरेको यकिन गर्नुपर्छ ।
६. साना–साना नानीले खेल्दा सर्प बस्न सक्ने ठाउँलाई हातले चलाउने, दुलोमा हात घुसार्नेजस्ता काम गर्न सक्छन् र सर्पले टोकी सकेपछि डरका कारण अभिभावकलाई नबताउने हुन सक्छन् । त्यसकारण सर्पका बारेमा केटाकेटीलाई पूर्ण जानकारी गराउनुपर्छ र टोकी हालेमा तरुन्त खबर गर्नु भनी सिकाउनु पर्छ ।
७ ताल-तलाऊ, नदी-नालामा पनि विषालु सर्प हुने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।
८ राती सुत्दा झुल लगाएर सुत्नु पर्छ ।
यी त भए सर्पको डसाइबाट कसरी बच्ने भन्ने उपाय । यदि सर्पले टोकेपछि के गर्ने भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ । धरै मानीसको सर्पले डसेपछि डरकै कारणले पनि मृत्यु हुने गरेको पाइन्छ । सर्पले डसेपछि हामीले समयमै उपचार गर्यौ भने मृत्युको मुखबाट बच्न सक्छौं ।