• जेष्ठ २५ २०८२, शनिबार

मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने

जेष्ठ २४ २०८२, शुक्रबार

जनकपुर । मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन ।

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए ।

नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई  प्राथमिकतामा राखिएको उनले  बताए।