जेठ २१, काठमाडौं । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा इलाकाबाट एक हजार एक सय २० किलो गाँजा बरामद भएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले ३८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखिएको गाँजा फेला पारेको हो ।
बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।