• जेष्ठ २४ २०८२, शुक्रबार

त्रिवि सेवा आयोगद्वारा विभिन्न पदका लागि आवेदन माग

जेष्ठ २२ २०८२, बुधबार

२१ जेठ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । प्राध्यापक र सहप्राध्यापक पदका लागि आन्तरिक तथा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

आवेदन योग्यता पुगेका व्यक्तिहरूले विभिन्न पदमा जेठ २६ गतेदेखि असार २९ गतेसम्म र दोब्बर दस्तुरबाट साउन ६ गतेसम्म सकिने छ । तर, फरक फरक विषयको फरक समय तोकिएको छ ।

आयोगले उपप्राध्यापक दलका लागि समेत आवेदन आह्वान गरेको छ । आवेदन आयोगको वेबसाइटमा अनलाइनमार्फत आवेदन दिन सकिनेछ । त्यसका लागि प्राध्यापक पदमा ३५०० र सहप्राध्यापक पदका लागि ३२०० रुपैयाँ आवेदन दस्तुर तोकिएको छ । विज्ञापन प्रकाशित भएको मितिसम्म प्राध्यापक-सहप्राध्यापक पदमा आदेश दिन ५० वर्ष ननाघेको हुनुपर्नेछ ।

प्राध्यापकरसहप्राध्यापक पदका लागि सम्बन्धित विषयमा पीएचडी–डीएम–एमसीएच उपाधि प्राप्त तथा नेचर इन्डेक्समा (…..) जर्नलमा प्रथम लेखक भई कम्तीमा २ वटा अनुसन्धान लेख प्रकाशित गरेको हुनुपर्नेछ ।

आयोगले उपप्राध्यापक पदका लागि सर्वोच्च अदालतबाट उत्प्रेषण आदेश बमोजिम जारी हुने सङ्घीय निजामती सेवा ऐनमा समावेशी समूहको हकमा समेत पद संख्या निर्धारण भए बमोजिम हुने गरी हाललाई त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० बमोजिम विज्ञापनको सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ ।

उपप्राध्यापक पदका लागि आयोगले तीन हजार रुपैयाँ आवेदन दस्तुर माग गरेको छ । उपप्राध्यापक पदका लागि आन्तरिक र खुला तथा समावेशी समूह तर्फबाट आवेदन माग गरेको हो ।