• जेष्ठ २४ २०८२, शुक्रबार

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?

जेष्ठ २२ २०८२, बुधबार

जेठ २१, काठमाडौं । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुनको मूल्य ३ हजार ३७९ डलर कायम भएको छ ।