• जेष्ठ २३ २०८२, बिहीबार

कालिकोटको स्वास्थ्य केन्द्रमा टाउको दुखेका बिरामीलाई आइरन चक्की दिइएपछि…

जेष्ठ २१ २०८२, मंगलवार

२० जेठ, कालिकोट । टाउको दुखेको बिरामीलाई आइरन चक्की दिइएको भन्दै कालिकोटको खाँडाचक्र नगरपालिका–३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीयले स्वास्थ्य केन्द्रको गम्भीर लापरबाही रहेको बताएका छन् । उक्त स्वास्थ्य केन्द्रमा करिब दुई हप्तादेखि कर्मचारी नरहेको स्थानीयको भनाइ छ ।

‘गाउँका स्वास्थ्य केन्द्रमा नागरिकमाथि यस्तो खेलबाड हुनु निकै लापरबाही हो, पावर र पहुँच देखाउँदै वडाका बिरामी नागरिकलाई थर्काउने, धम्काउने जस्ता कर्मचारीबाट भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘कार्यालय समयमा नआउने, सरकारले निस्शुल्क उपलब्ध गराएका औषधि पनि सेवाग्राहीलाई उपलब्ध हुँदैन ।’

साथै बिरामी नागरिकलाई दुख दिनु राम्रो विषय नभएको र खोकी लागेको, टाउको दुखेको बिरामीलाई औषधी लिन जाँदा आइरन चक्की वितरण गरिएको स्थानीय खगेन्द्र पाण्डेले बताए ।

उक्त आइरन चक्की स्वास्थ्य केन्द्रका कार्यालय सहयोगीले वितरण गरेको उनको भनाइ छ । स्थानीयहरूले स्वास्थ्य केन्द्रका कर्मचारीलाई कारबाहीको माग गरेका छन् ।