• जेष्ठ २२ २०८२, बुधबार

गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् बैठक खुल्न नसक्ने माओवादीको अडान,जुटेन सहमति

जेष्ठ २० २०८२, सोमबार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक खुल्न नसक्ने अडान शीर्ष नेतामाझ् राखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सिंहदरबारमा बसेको तीन ठूला दलका शीर्ष नेताको बैठकमा आफूहरूले पुरानै अडानलाई कायम राखेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘अहिले छलफल मात्रै भयो । उहाँहरू (सत्तापक्ष) को प्रस्ताव संसद् खोल्नुपर्छ भन्ने आयो । सत्ता पक्षबाट र प्रधानमन्त्रीले पनि संसद् खोलौँ भन्नु भयो ।गृहमन्त्री रमेश लेखकले पनि राजीनामा होइन, संसद् खोल्नुपर्छ भन्नु भयो’, उनले भने, ‘हामीले सुशासनलाई केन्द्रित गरेर कुरा राख्यौँ । हामीले राजीनामा चाहियो भनेका छौँ । जो विषयवस्तु पहिले राखेका छौँ, त्यो यथावत नै छ भन्यौँ ।’