• जेष्ठ २१ २०८२, मंगलवार

कमल थापा र दीपक सिंहसहित पक्राउ परेका सबै रिहा

जेष्ठ २० २०८२, सोमबार

काठमाडौँ । प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दीपक सिंहलाई रिहा गरेको छ । राजावादी प्रदर्शनका क्रममा आइतबार दिउँसो राजधानीको नक्साल क्षेत्रबाट पक्राउ परेका थापा पक्राउ परेका थिए ।

यस्तै थापालाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका सिंहलाई पनि त्यहीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तर, प्रहरीले आइतबार राति दुवै जनालाई आवश्यक प्रक्रिया पूरा गरेर रिहा गरेको हो । यस्तै उनीहरूसँगै पक्राउ परेका अन्य ५ जना पनि रिहा भएको प्रहरीले जनाएको छ