• जेष्ठ २१ २०८२, मंगलवार

राप्रपा सांसद दिपक सिंह पनि पक्राउ

जेष्ठ १९ २०८२, आईतवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक सिंह पनि पक्राउ परेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न भद्रकालीस्थित प्रहरी परिसरमा पुगेका सिंह गेटबाटै पक्राउ परेका हुन्।

सिंह गेटबाट भित्र पस्ने क्रममा गेटमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेपछि उनी पक्राउ परेको बताइएको छ । सिंहसँगै आइतबार पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।