काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापालाई आइतबार (जेठ १८) नक्सालस्थित नारायणचौरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।
‘प्रदर्शन अराजक बन्न थालेपछि नियन्त्रणमा लिइएको हो । उहाँलाई प्रहरी परिसर लैजादै छौँ,’ उनले भने ।