• जेष्ठ २१ २०८२, मंगलवार

गायक तथा संगीतकार गणेश रसिकको निधन

जेष्ठ १९ २०८२, आईतवार

काठमाडौं, १८ जेठ । गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ ।

उनको आज ७७ वर्षको उमेरमा हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए । उनको भोलि मात्रै अन्त्येष्टि गरिने बताइएको छ ।

छोरी विदेशमा रहेकाले भोलि मात्रै अन्त्येष्टि गर्न लागिएको हो ।