काठमाडौं । राजावादीको आन्दोलनका कारण माइतीघर–बबरमहल सडकखण्ड अस्तव्यस्त बनेको छ । प्रदर्शनकारीहरू सडकमा भेला भएपछि सवारी आवागमन प्रभावित बनेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दीपक गिरीका अनुसार, डाइभर्सन गर्नुपर्ने अवस्था भने छैन ।
‘माइतीघरमा भेला भएर बबरमहलतर्फ अघि बढेको छ । करिब दुईहजार मानिस सहभागी छन् भन्ने आयो । बीच सडकबाटै हिँडेकाले सवारी आवागमनमा असहज भएको छ । तर, सवारी डाइभर्सन गर्नुपर्ने अवस्था भने छैन,’ एसपी गिरीले बाह्रखरीसित भने । राजावादीले बिहीबार रत्नपार्कमा प्रदर्शन गरेका थिए ।