काठमाडाैं | जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।
महाशाखाका अनुसार देशका धेरै भूभागमा आज वर्षाको सम्भावना छ । केही ठाउँमा भारी वर्षासमेत हुने सम्भावना छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, साथै बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले मौसम बदली, वर्षा तथा हिमपात हुने क्रम जारी छ ।
आज दिउँसो कोशी प्रदेशका केही स्थान, मधेशस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशीका केही स्थान, मधेश, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।