• जेष्ठ १७ २०८२, शुक्रबार

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

जेष्ठ १६ २०८२, बिहीबार

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो बजेट प्रस्तुत गर्दै आर्थिक सुधार, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकता दिएको बताए। यो बजेट चालु आर्थिक वर्षको तुलनामा ५.६ प्रतिशतले बढी हो।

कुल विनियोजनमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.१%), पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८%) र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१%) छुट्याइएको छ। प्रदेश र स्थानीय तहमा ४ खर्ब १७ अर्ब ८३ करोड हस्तान्तरण गरिनेछ।

बजेट खर्चका लागि राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड र वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड जुटाइने छ। बाँकी ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ।

पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोला