• जेष्ठ १७ २०८२, शुक्रबार

फेरि भूकम्पको धक्का

जेष्ठ १५ २०८२, बुधबार

काठमाडौं । आज एकैदिन भूकम्पको तीन वटा धक्का महसुस गरिएको छ ।  बझाङ र कास्कीमा फरक-फरक समयमा गरी तीन वटा भूकम्पको धक्का महसुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

यसअघि आज बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीकै फूलिबाङ आसपास क्षेत्रमा ४.४ र दिउँसो १२ बजेर ५० मिनेट जाँदा कास्कीको अन्नपूर्ण क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।