काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको छ ।
जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा गरेको जन्म कैदको फैसला उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले उल्ट्याइदिएका हुन् ।
जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएपछि उनी जेलमा थिए ।
उच्च अदालतले आलामविरुद्धको मुद्दा उल्ट्याउँदै सफाइ दिएको हो । अदालतले विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरसम्बन्धी आलमलाई विपक्षी नबनाइएको मुद्दामा जिल्ला अदालतकै फैसला सदर गरेको छ ।