• जेष्ठ १७ २०८२, शुक्रबार

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

जेष्ठ १५ २०८२, बुधबार

जेठ १४,काठमाडौं । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगन भएको छ । बैठक सुरु हुनासाथ विपक्षी दलले अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगन गरिएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखको राजीनामा नआएसम्म बैठक चल्न नदिने चेतावनी विपक्षी दलको छ ।

आजको बैठकमा सभामुखले दलीय आधारमा बोल्नका लागि समय दिने बताएका थिए । तर, दलका सांसदहरू उभिरहे । उनले गृहमन्त्रीलाई जवाफका लागि समय दिन खोजेका थिए । सांसदहरूले होहल्ला गरेपछि बैठक स्थगन गरिएको हो ।