बुटवल । बुटवलको होराइजन चोक स्थित मिलिजुली पथमा आफ्नै पूर्व श्रीमानले पत्निसहित दुई बच्चाको बिभत्स हत्या गरेको छ ।
सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै पूर्व श्रीमानले आफ्नै घरमा बोलाई बुधबार बिहान ४ बजेतिर हत्या गरेको बताइएको छ । उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको स्थानीयको भनाई छ ।
स्थानीयका अनुसार हत्या गर्ने सुजन कोइराला हुन् भने मृतक दिपा बस्याल र उनका दुई बच्चा रहेको स्थानीयको भनाई छ । प्रहरीले घटनाको अनुसनधान भैरहेको जनाएको छ ।