जेठ १३, काठमाडौं । सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य केही घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ९०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल १ हजार ९९५ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।