• जेष्ठ २६ २०८२, आईतवार

अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

जेष्ठ १४ २०८२, मंगलवार

जेठ १३, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष २०८२–८३ को बजेटबारे ब्रिफिङ गरेका छन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार, यही जेठ १५ गते (बिहीबार) बजेट ल्याउँदै छ । सोही बजेटबारे मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।