• जेष्ठ १२ २०८२, आईतवार

सत्यतथ्यमा आधारित समाचार प्रकाशन गर्न सञ्चारमाध्यमलाई गृह मन्त्रालयको आग्रह

जेष्ठ ११ २०८२, शनिबार

काठमाडौं । गृहमन्त्रालयले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट भिसामा अवैध रकम असुली प्रकरणमा मन्त्रालयको संलग्नता रहेको भनी आएका समाचारप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउदै सत्यतथ्यमा आधारित समाचार प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको स्पष्टीकरण दिंदै मन्त्रालयले  गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त समाचारहरू तथ्यहीन, भ्रमपूर्ण र आधारहीन भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा मन्त्रालयको नेतृत्व अर्थात् मन्त्री लेखकको उक्त प्रकरणमा कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले सत्यतथ्यमा आधारित समाचार प्रकाशन गर्न पनि सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

‘शान्ति, सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील छ। मन्त्रालय सबै प्रकारका अनियमितता तथा आपराधिक घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको छ, मन्त्रालयले भनेको छ।
मन्त्रालयले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित घटनाको अनुसन्धान गम्भीर रूपमा भइरहेको जनाएको छ । उसले सत्यतथ्य बाहिर आउने क्रम जारी रहेको पनि जानकारी दिएको छ। मन्त्रालयले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाएको छ।