• जेष्ठ ११ २०८२, शनिबार

तिनाउ खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भारतीय नागरिकको शव फेला

जेष्ठ ११ २०८२, शनिबार

१० जेठ, काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका १८ वर्षीय सोयव अन्सारीको शव फेला परेको छ ।

नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अन्सारीको शव शुक्रबार दिउँसो फेला पारेको हो ।

अन्सारी यही जेठ ८ गते पौडी खेल्ने क्रममा पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोलाको ड्यामसाइडमा बेपत्ता भएका थिए । भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएका थिए ।