काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेपछि रास्वपाले बैठक बोलाएको हो ।
शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको हो ।
सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो ४ बजे बस्नेछ ।
शनिबारको बैठकपछि आइतबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाको निर्णय छ ।