काठमाडौं । काठमाडौंस्थित कोटेश्वरको एक गेष्ट हाउसमा युवक मृत फेला परेका छन्।
काठमाडौं महानगरपालिका-३२ कोटेश्वर चोक नजिक सुब्बा गेष्ट हाउसको कोठा नम्बर ३ मा झापा घर भएका २२ वर्षीय निश्चल श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालिएको जनाएको छ।