९ जेठ, काठमाडौँ । भिजिट भिसामा बदमासी गरेको उजुरी गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि त्यसबाट बच्न भन्दै गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका जम्मा ९ कर्मचारीको सरुवा गरिएको खुलेको छ ।
जसमध्ये गृहमन्त्री रमेश लेखक स्तरीय निर्णयबाट प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तिर्थराज भट्टराईको समेत सरुवा गरिएको थियो ।
यस्तै मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालस्तरीय निर्णयबाट तीन नायब सुब्बा, ४ कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरको पनि सरुवा गरिएको थियो । गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट आजमात्रै सरुवा हुने कर्मचारीको सूची प्राप्त भएको छ ।
मन्त्रालय निकट स्रोतले प्रमुख भट्टराईले भिजिट भिसामा नक्कली कागजातका आधारमा बाहिर पठाउन पर्याे भन्ने यिनै नायब सुब्बा र कम्प्युटर अपरेटरबाट कागजात पास गराउँथे भन्ने सूचनाका आधारमा सरुवा गरिएको जानकारी दियो । स्रोतका अनुसार प्रमुख भट्टराईले सरुवा गरिएका नायब सुब्बा र कम्प्युटर अपरेटरहरूलाई फरक फरक सिफ्टमा खटाएका थिए ।
प्राप्त सूचीमा सरुवा गरिएका तीन नायब सुब्बामध्य प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ ।
कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत सरुवा गरिएको सूचीमा उल्लेख छ । त्यस्तै सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठको पनि कारागार व्यवस्थापन विभाग वा अन्तर्गत नै सरुवा गरिएको छ ।
अख्तियारले उनीहरूको सरुवा भएको अर्का दिन बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा हान्दै सरुवा भए पनि रमना बुझीनसकेका प्रमुख भट्टराईलाई नियन्त्रणमा लिएको थियो । अहिले उनको मोबाइल नियन्त्रणमा लिएर अख्तियारले ‘फरेन्सिक ल्याब’मा पठाएको छ ।
भट्टराईबाहेकका ८ जनाको सूची